जापान रोजगार : भाषा परीक्षाको मिति सार्वजनिक, तयारीका लागि कहाँ जाने ?

japan Tokiyo
लाेकपाटी न्यूज

काठमाडौं, १८ साउन । जापान सरकारले आफ्नो देशमा कामदार लैजानको लागि भाषा परीक्षाको मिति सावजनिक गरेको छ । उसका अनुसार अक्टोबर २७ र २८ मा भाषा परीक्षा लिइनेछ ।

भाषा परीक्षा अनतर्गत पहिलो चरणमा केयर गिभरका लागि भाषा परीक्षा गर्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । भाषा परीक्षा पछि सिप परीक्षा हुने जनाइएको छ । दुई चरणमा हुने परीक्षामा पहिलो चरणको भाषा परीक्षा अक्टोबर २७ र २८ मा हुनेछ भने दोस्रो चरणको सिप तथा क्षमता परीक्षा नोभेम्बर ६ र ७ मा हुने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले जापान सरकारसँग केही महिनाअघि गरेको नेपाली कामदार भाषा परीक्षा मार्फत् जापान लैजाने भन्ने सम्झौतामा केही समयसम्म के हो कसो हो भन्ने स्थिति थियो । सम्झौता भएपनि कहिलेबाट लैजान सुरु गर्ने भन्ने विषयको टुङ्गो लागिसकेको थिएन । तर, अब भने नेपाली कामदार जापान जान पाउने पक्का भएको छ ।

भाषा परीक्षा उर्तिण भएकाहरु मात्र सिप परीक्षाका लागि योग्य हुनेछन्। सिप परीक्षा उर्तिण भएको दुई महिनाभित्र कामदारहरु जापान पुग्नेछन् । विद्यार्थी भिसामा मात्र नेपालीहरु जापान गइरहेका थिए भने अब डिग्री लिन मात्र नभएर नेपालीहरु कामको शिलशिलामा पनि जापान जान पाउने भएका छन् । परीक्षा मिति तोकिए पनि परीक्षा कस्तो हुने र पहिलो चरण मा केयर गिभरमा कति कामदार लैजाने भन्ने विषयमा भने टुङ्गो लागिसकेको छैन ।

जपानले विभिन्न १४ क्षेत्रमा कामदारहरु लैजाने गरी गत चैत्र ११ गते नेपाल सरकारले जापान सरकारसँग सम्झौता गरेको थियो । गत डिसेम्बरमा जापानको मन्त्रिपरिषदले विदेशी कामदार आफनो देशमा भित्र्याउने नीति पारित गरेपछि नेपाल पनि पर्न सफल भएको हो ।

जापान सरकारले कामदमर लैजाने पक्कापक्की भइसकेकोले अब जति पनि भाषा परीक्षाको तयारीमा रहेकाहरुलाई अझ मेहनत गरेर भाषा अझ राम्रो बनाउन फ्युचर गोल ल्याङ्ग्वेज कन्सल्टेन्सीले अनुरोध पनि गरको छ ।

रोजगारीका लागि जापान जानका एन ४ लेबलको भाषा परिक्षा उर्तिण गर्नुपर्ने हुन्छ । नेपाल र जापानका अधिकारीहरुले एन ४ लेबल भाषा परीक्षा पास गरी सिप तथा क्षमता परीक्षा पास पश्चात् जापान जान योग्य रहने कुरालाई मान्यता दिएका छन् । एन ४ लेबल पास गर्नु भनेको मध्यम तहको बोलिचालि जान्नु हो तर केयर गिभरको लागि जापान जानेहरुको लागि भने यतिले नपुग्ने स्रोतले बताएको छ ।

केयर गिभर बाहेक अरु १३ वटा क्षेत्रको लागि भने एन ४ लेबल पास गरे पुग्ने बताइएको छ । केयर गिभरमा जानेहरु धेरै वृद्धवृद्धाहरुको साथमा समय बिताउनु पर्ने भएकोले अझ धेरै भाषामा दक्ष हुनुपर्ने स्रोतले जनाएको छ ।

तपाईं पनि जापान रोजगारीका लागि जाने तयारीमा हुनुन्छ र नयाँ कक्षाहरुको खोजीमा हुनुन्छ भने चाँडो भन्दा चाँडो फ्युचर गोल कनसल्टेन्सीलाई सम्पर्क गर्न सक्नु हुनेछ । सो कन्सल्टेन्सीले जापान रोजगारीका लागि आवश्यक एन ४ लेबलका कक्षाहरु धमाधम सन्चालन गरिरहेको छ ।

थप जानकारिका लागि समपर्क गर्नुस्ः
फ्युचर गाोल ल्याङ्ग्वेज् कन्सल्टेन्सी, बागबजार

फाेन नम्बर : ४२३०९५, ९८६०३१६६२९, ९८६००२१८८४

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्