काठमाडौं, १७ । मनसुनको न्यून चापिय रेखा नेपालतर्फ सरेसँगै फेरि मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो सँगै केहि दिनदेखि कमजोर देखिएको मनसुनी गतिविधि पुनः सक्रिय हुने मौसमविद् बरुण पौडेलले बताए।
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू(भागभन्दा दक्षिणतिर रहेकाले केहिदिन वर्षा रोकिएको थियो। अब यो रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सरेकाले पानी पर्ने सम्भावना बढेको हो। महाशाखाका अनुसार आज (शुक्रबार) देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित वर्षा हुने महाशाखाले जनाएको छ।
देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन महाशाखाले आग्रह गरेको छ। महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना हुँदा सतर्कता अपनाउन आवश्यक देखिएको छ।



लाेकपाटी न्यूज
