आइतबारको भाग्यफल : कुन राशिका लागि कति लाभदायी ?

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिको सहयोग पनि पाईनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। व्यापार व्यवसायमा पनि फाईदा होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बन्न लागेको काम विग्रिनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सरकारी निकाएको पनि भय रहने छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला। व्यापार व्यवसायबाट लाभ हुनेछ। आफन्तको प्रगतिमा मन रमाउन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। सौन्दर्यतामा पनि खर्च बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक यात्राको योगछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउला। सामाजिक कार्यमा मन जानेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरमा अतिथीको आगमन हुनेछ। रोकिएको धन हात पर्ला। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा पनि प्रगती हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा ,गि) भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ। स्वास्थ्यमा समस्या आउला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वित्तिय संस्थाबाट सहयोग पाईनेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। मान प्रतिष्ठामा बृद्धि होला। समाजिक कार्यमा मन जाला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्