काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया रोजगार तथा श्रम मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत गणतन्त्र कोरियामा नेपालीहरुलाई कामदारका रुपमा लैजादै आएको छ।
विगत १० वर्षदेखि नेपालीहरु कामदारका रुपमा कोरिया गइरहेका छन्, यही प्रक्रियालाई निरन्तरता दिँदै अब हुने ११ औँ भाषा परीक्षामा भने केही फेरबदल हुने भएको छ। गत वर्षदेखि नै लागू हुने भनिए तापनि प्राविधिक कारणले अघिल्लो वर्ष फेरबदल हुन सकेन। तर, आंशिक फेरबदल भएको छ।
नयाँ परीक्षा प्रणालीअन्तर्गत गत वर्षसम्म भाषा परीक्षा मात्र पास भए पृग्थ्यो भने अब भाषा परीक्षा मात्र नभएर अनिवार्य रुपमा सीप तथा क्षमता परीक्षामा पनि पास हुनुपर्नेछ। अब भाषा परीक्षा मात्र पास भएर नेपाली कामदार कोरिया जान पाउने छैनन्।
नयाँ प्रक्रियाका शर्तहरु :–
- नेपाली नागरिक हुनुपर्नेछ।
- १८ वर्ष पूरा भएको तर ३९ वर्ष ननाघेको हुनुपर्नेछ (सन १९८० देखि सन् २००१ अर्थात तदनुसार वि.सं. २०३६ देखि २०५७) मा जन्मिएको हुनुपर्नेछ।
- फौजदारी अभियोगमा अदालतबाट सजाए नपाएको हुनुपर्नेछ।
- नेपाल सरकारले अन्य मुलूकमा जान रोक नलगाएको हुनुपर्नेछ।
- कोरियामा गैरआवसीय रुपमा बसी फिर्ता नपठाएको हुनुपर्नेछ।
- कुनै खास विषयमा सीपमूलक तालिम वा दक्षता हुनुपर्नेछ।
- कोरिया जानका लागि कुनै शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नुपर्ने छैन।
हालसम्म ५० हजारभन्दा बढी नेपाली कामदारका रुपमा कोरिया पुगिसकेका छन्, यो प्रक्रिया अझ बढ्दो रुपमा छ, नेपालीहरु कामप्रति बफादार र मेहेनती भएकाले कोरियनहरुले नेपालीलाई मन पराएको पाइन्छ, त्यसैले अरु देशभन्दा नेपालबाट बढी कामदारको माग हुने गरेको छ। विद्यार्थीले आवश्यक जानकारी लिएर मात्र प्रक्रिया सुरु गर्नु राम्रो हुन्छ।
‘अब हुने ११ औँ भाषा परीक्षा साविकभन्दा फरक हुन्छ। त्यसैले विद्यार्थीहरुले सम्पूर्ण कुरा राम्रोसँग बुझेर मात्र तयारी गर्नु राम्रो हुन्छ’ बागबजारको फ्युचर गोल कन्सल्टेन्सीका सञ्चालक सुवास बस्नेत भन्छन्, ‘हामीले पटकपटक फेल भएर निरास भएका विद्यार्थीका लागि स्पेशल कक्षा सञ्चालन गरेका छौं, एड्भान्स कक्षा सञ्चालनमार्फत् हामीले नयाँ भाषा परीक्षामा उत्तीर्ण हुन योग्य जनशक्ति उत्पादन गर्छौं।’
‘पूरानो कोर्सले चल्दैन’ बस्नेत भन्छन्, ‘सन् २०२० का लागि नयाँ पाठ्यक्रम तयार भएको छ, हामीले त्यसलाई नै मूख्य प्राथमिकतामा राखेका छौं। नयाँ कोर्सका लागि विदेशी गेस्ट लेक्चररको पनि व्यवस्था गरेका छौं। हामीले दैनिक रुपमा परीक्षा तयारीका लागि इक्जाम लिन्छौं। अब परम्परागत मान्यताबाठ पठाएर मात्र भाषा परीक्षामा बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण गर्न सकिने बस्नेतले बताए।
‘अब भाषा परीक्षाले मात्र पुग्दैन, कामदारले सीपमा पनि दक्षता राख्नैपर्छ। हामीले सीप सिकाएर विदेश पठाउन सक्यौं भने मात्र विदेशमा गएर नेपालीले स्वाभिमानका साथ राम्रो कमाई गर्न सक्छ’ बस्नेत भन्छन्, ‘त्यसका लागि आवश्यक परामर्श चाहिएमा वा सीपमूलक तालिमका लागि समन्वय गर्नुपरेमा (०१–४२२३०९७, ९८६०३१६६२९, ९८६००२१८८४) हामी निशूल्क परामर्श दिन्छौं।’



लाेकपाटी न्यूज

