लोकसेवा विज्ञापन विरोध गर्नुको औचित्य छैन : चित्रबहादुर केसी

chitra-bahadur kc
लाेकपाटी न्यूज

काठमाण्डौं, ६ साउन । राष्ट्रिय जनमोर्चाले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापनको विरोध गर्नुको औचित्य नरहेको जनाएको छ।

स्थानीय तहले नै आवश्यक कर्मचारी माग गरेर केन्द्रमा पठाएको र त्यसलाई मन्त्रिपरिषद्ले निर्णय गरेर विज्ञापन गर्न लोकसेवालाई जिम्मा दिएकाले यसमा कसैले विरोध गरिरहनु नपर्ने जनाएको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकसेवाले आह्वान गरेको विज्ञापन संविधान र कानून विपरित नरहेको बताए। स्थानीय निकायले माग गरेको कर्मचारी दरबन्दी सख्या न्यून भएको र सेवा समूह पनि बेग्लाबेग्लै भएकाले त्यही अनुरुप लोकसेवाले विज्ञापन गरेको उनले बताए।

हेर्नुहोस् विज्ञप्ति

janamorcha