भप्सी खोलाको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

bhapsi pool
लाेकपाटी न्यूज

महोत्तरी, ४ साउन। महोत्तरीको बर्दिवासस्थित भप्सी खोलामा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ।

गत हप्ता आएको बाढीले भप्सीखोलाको पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको भए पनि शनिबार बिहान आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग ठप्प भएको हो।

अहिले राजमार्गका दुबैतर्फ ठूलो संख्यामा सवारी लाम लागेका छन्। पानीको वहाव घटेपछि मात्रै सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पांग्रेभिरमा पहिरो झरेपछि अबरुद्ध भएको मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्