५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर यादव पक्राउ

Money
लाेकपाटी न्यूज

काठमाडौं, ३ साउन । ५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन्। मलंगवा–सर्लाहीको रामनगर गाउँपालिकाका इन्जिनियर घुस रकमसहित पक्राउ परेका हुन्।

गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कन गर्ने काम सम्पन्न भएको प्रतिवेदन तयार गरी भुक्तानी दिने प्रयोगजनका लागि इन्जिनियर रामजी बाबु यादवले सेवाग्राहीसँग घुस मागेका थिए।

इन्जिनियर यादवले घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले यादवलाई ५० हजार रुपैयाँ घुससहित मलंगवास्थित अशोका होटलबाट रंगेहात पक्राउ गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्