काठमाडौं, ३ साउन । गायिका स्मिता दाहालको नयाँ गीत आज रिलिज भएको छ । राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मिएकी स्मिताको ‘जालमैं पार्छु’ बोलको गीत आज रिलिज भएको हो ।
गीतमा स्मितासँगै आशिष अविरलले स्वर दिएका छन् । गीतको शब्द भने एक नारायण भण्डारीले लेखेका हुन्।
गीतको भिडियोमा आँचल शर्मा र भिजु पार्कीले अभिनय गरेका छन्। भिडियो प्रवीन शाहले निर्माण गरेका हुन्। यसअघि स्मिताले प्रियंका कार्कीको अभिनय रहेको भिडियो गीत सार्वजनिक गरिसकेकी छन्।



लाेकपाटी न्यूज

