काठमाडौं। विद्यालय शिक्षक किताबखानाले ४५ दिनभित्र सम्पत्ति बिवरण बुझाउन देशभरिका शिक्षकहरुलाई सूचना जारी गरेको छ। यस्तो छ जारी सूचना।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ बमोजिम प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात मिति २०७६ भाद्र २८ गतेभित्र आफ्नो सम्पत्ति विवरण निर्धारित ढाँचाको फाराममा भरी देहायबमोजिमको विवरणहरू खाम बाहिर उल्लेख गरी यस कितावखानामा दर्ता गर्नु हुन यो सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ। खाममा बाहिर “आ.व. २०७५/२०७६ को सम्पत्ति वितरण लेख्ने :
१. सम्पत्ति विवरण दर्ताको लागि पठाउँदा देहायानुसार गर्नुपर्नेछ ।
क) शिक्षकको नाम, यर, संकेत नं., हालको पद र विद्यालय मिलेको हुनुपर्नेछ।
ख) खाम सिलबन्दी गर्नुपर्ने र एउटा खाममा एक जनाको मात्र विवरण राख्नुपर्नेछ।
ग) गत वर्ष झै सम्पत्ति विवरण सङ्कलित गरी पठाउने आवश्यक ब्यवस्थापन शिक्षक स्वयम् / विद्यालय वा शिक्षा, विकास तथा समन्वय इकाइले मिलाउनु पर्नेछ।
२. अध्ययन बिदा, असाधारण बिदा वा काज, तालीम वा निलम्वनमा रहेका शिक्षकले पनि अनिवार्य रुपमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ।
३. सार्वजनिक बिदाका दिन बाहेक अन्य दिन बिहान ९:०० बजेदेखि बेलुका ६:०० बजेसम्म र शुक्रबारका दिन बिहान ९:०० बजेदेखि बेलुका ४:०० बजेसम्म सम्पत्ति विवरण बुझाउन सकिनेछ।
४. सम्पत्ति विवरण दर्ता गरी सक्नुपर्ने अन्तिम दिन मिति २०७६ भाद्र २५ गते कुनै सार्वजनिक बिदा परेमा किताबखाना सम्पत्ति विवरण दर्ता प्रयोजनको लागि मात्र खुला रहनेछ सो पश्चात् जुनसुकै माध्यबाट प्राप्त भएको सम्पत्त विवरणलाई दर्ता गरिने छैन।
५. हुलाक । कुरियरमा जुनसुकै मितिमा दर्ता भएता पनि विद्यालय शिक्षक किताबखानामा म्यादभित्र प्राप्त भएको सम्पत्ति विवरण मात्र Teachers Information System मा प्रविष्टि गरी अभिलेख राखिनेछ तर म्याद पछि अर्थात ६० दिन पछि प्राप्त भएको सम्पत्ति विवरणलाई प्राप्त नभए सरह मानी अभिलेख राखिने छैन।
६. आ.व. २०७५/२०७६ मा सेवा निवृत्त भएका शिक्षकहरुले पनि आ.व. समाप्त भएको मितिले ६० दिन अर्थात २०७६ भाद्र २८ गते भित्र सम्पत्ति विवरण अनिवार्य रुपमा दर्ता गराई सक्नुपर्नेछ।
७. यथासक्य चाँडो सम्पत्ति विवरण दर्ता गर्न अनुरोध छ।
८. सम्पत्ति विवरण समयभित्र प्राप्त भई दर्ता भएको जानकारी विद्यालय शिक्षक कितावखानामा सम्पर्क गरी लिन सकिनेछ । जानकारीको लागि यस किताबखानाको फोन नं. ०१-४२८३०२३, ४६७२८२३ र ४६७०७५७ मा सम्पर्क रारून सकिनेछ।
९. सम्पत्ति विवरण पेस वा दर्ता गराउने दायित्व सम्वन्धित शिक्षकको भएकोले खाम वाहिर विवरण सही र पूर्णरुपमा नभरेको तथा म्याद गुज्रेको कारण सम्पत्ति विवरण दर्ता हुन नसकेमा त्यसबाट हुने जरिवाना लगायतका विषयमा विद्यालय शिक्षक किताबखाना जिम्मेवार हुने छैन।
१०. सम्पत्ति विवरण पठाउँदा कतिपय शिक्षकहरुले खाममा संकेत नं (सिटरोल नं.) लेख्नु पर्नेमा अन्य नं. लेख्ने गरेको पाइएको हुँदा सतर्कतापूर्वक वैयक्तिक विवरण (सिटरोल) दर्ता गर्दा यस किताबखानाबाट उपलब्ध गराइएको शिक्षक संकेत नं.मात्र उल्लेख गर्न हुन जानकारी गराइन्छ।




लाेकपाटी न्यूज

