आज गुरु पूर्णिमा

guru-purnima pic
लाेकपाटी न्यूज

काठमाडौं, ३१ असार । आफूलाई शिक्षा दिने अग्रज गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै आज मंगलबार गुरु पूर्णिमा पर्व मनाइँदै छ। असार शुक्ल पूर्णिमाका दिनलाई गुरु पूर्णिमा भन्ने गरिन्छ।

गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गर्न आज विशेषगरी शैक्षिक प्रतिष्ठान तथा केन्द्रहरुमा विशेष रौनक हुने गर्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।  गुरुपूर्णिमाका अवसरमा मंगलबार विद्यालय एवं विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन्।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा ब्यासजयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो। गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्