काठमाडौं, ३० असार। सत्तारुढ नेकपा निकट अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले डुबानको कारण प्रकृति मात्र नभई,प्रकृतिको नियमविरुद्धका हाम्रा गतिविधि रहेको बताएका छन्।
हरेक वर्ष हामी पिडितलाई राहत र उद्धारको मात्र कुरा गछौं,अर्को सालको विनासको पखाईमा मात्र हुन्छौं। ’नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्। समस्याको स्थायी समाधानतर्फ हाम्रो ध्यान कहिले जानेभन्दै उनले प्रश्नसमेत गरेका छन्। हरेक वर्ष नेपाली भू-भाग वर्षायाममा करिव १२ हजार ४०० विघा र सुख्खा याममा करिव २८०० विघा जमिन डुवानमा पर्ने गरेको बताएका छन्।
सीमा क्षेत्रमा भारतीय पक्षबाट एकतर्फी रुपमा बनाइएका बांधहरुको कारण नै यस्तो समस्या सर्जित भएको बताएका छन्। नेता बस्नेतले कोशी ब्यारेज, गण्डक ब्यारेज,लक्ष्मणपुर ब्यारेज,महलिसागर ब्यारेज,रसिवाल खुर्दलोटन,वैर्गनीया, कुनौली जस्ता बांधहरुले नेपालको कयौं भू-भाग डुवान पार्ने गरेको भन्दै ध्यान नगएको बताएका छन्।उनले सरकारलाई कुटनैतिक पहलमार्फत असमान सन्धि,सम्झौता र बांधहरुको स्यायी समाधान खोज्न आग्रह गरेका छन्।




लाेकपाटी न्यूज

