फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना

fb
लाेकपाटी न्यूज

२९, असार । गोपनियताको बिषयमा आलोचित बन्दै आईरहेको सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराईने भएको छ।

राजनीतिक स्वार्थका लागि प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा प्रयोग गरिएको बारेमा भईरहेको अनुसन्धानको क्रममा फेसबुकलाई सो जरिवाना तिराईने निर्णय भएको हो। यस बिषयमा अनुसन्धान गरिरहेको एफटिसीले फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराउनुपर्ने ठहर गरेको हो।

एफटिसीले फेसबुकका ८ करोड ७० लाखभन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैधरुपमा पाई राजनीतिक स्वार्थको रुपमा प्रयोग भएको आरोप छ। एफटिसीले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिराउने सम्बन्धी प्रस्ताव पनि भोटले पारित भईसकेको अन्तर्राष्ट्रि मिडियाहरुले जनाएका छन्।

यता, यस सम्बन्धि फेसबुक र एफटिसी दुबैले कुनै पनि प्रतिक्रिया गर्न चाहेको छैन बीबीसीले जनाएको छ।यता, एफटिसीमा फेसबुकका प्रयोगकर्ताको जानकारी अवैध रुपमा प्रयोग भएको सम्बन्धी विषयको अनुसन्धानलाई पाँच अर्ब अमेरिकी डलर तिराएर अन्त्य गर्ने प्रस्तावमा सदस्यबीच मतभेद पनि देखिएको बताईएको छ।

जरिवाना सम्बन्धीत प्रस्ताव न्याय विभागको सिभिल डिभिजनले अन्तिम रुप दिनुपर्छ। यसका लागि कति समय लाग्छ भन्ने थाहा नरहेको मिडियाहरुले जनाएका छन्। यदि एफटिसीले गरेको उक्त प्रस्तावले अन्तिमरुप पाएको खण्डमा कुनै पनि प्रविधिसम्बन्धी कम्पनीलाई तिराईएको यो सबैभन्दा ठूलो जरिवाना हुनेछ।फेसबुक सम्बन्धी यो अनुसन्धान एफटिसीले सन् २०१८ को मार्चबाट गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्