प्रधानमन्त्रीज्यू, ‘कांग्रेसले सरकारलाई साथ दिन चाहन्छ’

Gagan Thapa
लाेकपाटी न्यूज

काठमाडाैं, २८ असार । प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद तथा प्रभावशाली युवा नेता गगन थापाले कांग्रेसले सरकारलाई साथ दिन चाहेकाे बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै यस्ताे बताएका हुन् ।

केही दिनदेखि देशभर परेकाे अविरल वर्षाका कारण नेपालमा विभिन्न भाैतिक तथा मानवीय क्षति पुगेकाे भन्दै हरेक वर्ष सीमापारीका बाँधले पीँडा दिने गरेकाे नेता थापाले बताए। उनले यस्ताे प्रतिकुल अवस्था केही दिन चासाेकाे विषय हुने र क्षणभरमै सामसुम हुने गरेकाे भन्दै यसपाली त्यस्ताे हुन नदिन प्रधानमन्त्रीकाे ध्यानाकर्षण गरेकाे छन्।

उनले सरकारले याे गम्भिर विषयमा कुटनीतिक पहलकदमी बढाउनुपर्ने बताए । राष्ट्रहितकाे प्रतिबद्धताका साथ कुटनैतिक पहल गरे कांग्रेसले सहयाेग गर्ने उनले बताए । 

भारतीय बाँधहरुले नेपालका अधिकांश भूभाग डुबानमा पर्ने गरेकाे बताउँदै याे विषम परिस्थितिमा सरकारकाे ध्यानाकर्षण गराउँदै लेखेका छन्, ‘यस्तो मौसममा प्रत्येक पटक सीमापारीका बाँधले पीडा दिन्छ। केही दिन यो चासोको विषय बन्छ अनि सामसुम हुन्छ। यस पटक यस्तो हुन नदिउ प्रधानमन्त्रीज्यू यो गम्भीर विषयमा तपाईंको कुटनीतिक पहलकदमी आवश्यक छ। राष्ट्रिय हितको प्रतिबद्धताका साथ कूटनैतिक पहल लिनुहोस् । हामी सबैको साथ हुनेछ।’