काठमाडौं, २८ असार । देशका धेरै स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ। मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित छ।
यसको साथै मध्य र पूर्वीनेपाल नजिक एउटा न्यून चापिय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आज शनिबार पनि मनसुन अति सक्रिय रहने देखिन्छ।
असार २८ गते (शनिबार)
देशभर वर्षा जारी रहने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू(भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारी वर्ष हुने सम्भावना छ। राति देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना छ।
देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक(दुई ठाउँहरुमा धेरै भारि वर्षा सम्भावना छ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
असार २९ गते (आइतबार)
दिउँसो देशभर पूर्ण बदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक– दुई स्थानहरूमा र पश्चिमी पहाडका एक– दुई स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना छ।
राति देशभर पूर्ण बदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा ( हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक–दुई स्थानहरूमा र पश्चिमी पहाडका एक–दुई स्थानमा धेरै भारि वर्षाको सम्भावना छ।
असार ३० गते (सोमबार)
दिउँसो देशभर पूर्ण बदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ। पूर्वी क्षेत्रका पहाड र तराईका एक–दुई स्थानहरूमा र पश्चिमी पहाडका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना छ।
राति देशभर पूर्ण बदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडका एक–दुई स्थानहरूमा र पश्चिमी पहाड र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू(भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँहरुमा धेरै भारी वर्षा हुने सम्भावना छ।
यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य, र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको बहाव र स्तर वढन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।



लाेकपाटी न्यूज
