काठमाडौं, २७ असार । चर्चित लोकदोहोरी गायिका कल्पना काफ्लेले हरितालिका तीजको अवसरमा जादु मन्तर तीज गीत सार्वजनिक गरेकी छिन्। हरितालिका तीजको शुभकामना दिँदै काफ्लेले जादु मन्तर तीज गीत सार्वजनिक गरेकी हुन्।
कल्पना काफ्ले र तेजश रेग्मीको आवाज रहेको नयाँ गीत जादु मन्तर भर्खर मात्र सार्बजनिक भएको छ। तेजश रेग्मीको लय तथा शब्द रहेको सो गीतमा शिव बिकले उत्कृष्ट निर्देश गरेका छन्। गीतले माया प्रेमलाई विषय बनाएको छ। गीतलाई सुजन शाहिले सम्पादन गरेका हुन्।
अञ्जली अधिकारी,तेजश रेग्मी र सन्तोष सापकोटाको अभिनय रहेको गीतलाई कामना डिजिटलले बजार व्यबस्थापन गरेको छ। नेपाली महिलाहरुको महान पर्ब हरितालिका तीज आउन अझ एक महिनाभन्दा धेरै समय बाँकी छ। तीज पर्बलाई नै मध्यनजर गरी कलाकारहरू नयाँ-नयाँ गीतहरु सार्बजनिक गरिरहेका छन्।



लाेकपाटी न्यूज

