‘सर्पले टोकेमा पुदिना लगाउनुस्, तत्काल विष मर्नेछ’

pudina
लाेकपाटी न्यूज

एजेन्सी। अहिले बर्षा सुरु भएको छ। यो समय सर्पको बिगविगी उच्च छ। कहाँ कतिबेला सर्पले टोक्ने हो कुनै पत्तो छैन। बर्षेनी सर्पले टोकेर धेरै मानिसको ज्यान गइरहेको छ।

हामीले केही कुरा जानिराख्यो भने त्यो जीवनदान बन्नसक्छ। अरुलाई जानकारी दिएमा पनि त्यो जीवन दान बराबर हुनेछ। पुदिना बहुगुण भएको बनस्पति हो। पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन्। यसले धेरै रोगबाट हामीलाई बचाउँछ।

यसलाई औषधीको रुपमा प्रयोग गर्नुको साथै यसलाई हामी अचार बनाएर पनि खाने गर्छौ। केहीलाई यसको स्वाद मन पर्ला त केहीलाई मन नपर्ला पनि। तर, यसको गुण तपाईले थाहा पाउनु भयो भने सधैं पुदिना खान थाल्नुहुनेछ। पुदिनाको पातहरु सँगै ३ थोपा जति कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेटपछि यसलाई सफा गर्नुपर्दछ।

एक हप्तासम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोरबाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ। साथै करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरे नुन हालेर उमाल्नु पर्दछ। पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ। पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ।

मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातलाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ। गिजालाई पनी यो विधिले बलियो पार्दछ। यसैगरी यदी शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ।

पुदिनाले बिच्छी वा सर्पले टोकेको बिषलाई पनि यसले मार्छ। बिषालु ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्याउँछ। ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ। अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस्। पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ।