काठमाडौं, २६ असार । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले भोजपुर गोलीकाण्डबारे धारणा सार्वजनिक गरेको छ। बिहीबार सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को शहादत भएको दाबी गरिएको छ।
भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव मारिएका थिए। विज्ञप्तिमा ७ जेठमा भोजपुरको टेम्के मयुम गाउँपालिका २, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिई हत्या गर्नेमध्येका एक सञ्जिव भएको दाबी गरिएको छ।
उनको टोलीसँग समगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगाका सेक्रेटरी निरकुमारको परिवारसँग भेटघाट गरेर फर्किने क्रममा जम्काभेट भएको उल्लेख छ।




लाेकपाटी न्यूज

