भोजपुर, २५ असार । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ। सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जिव राई र नेपाल कम्युनिस्ट पार्टी भोजपुरका इन्चार्ज निरकुमार राईको मृत्यु भएको हो।
विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो । बुधबार विहान ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा नेपाल कम्युनिस्ट पार्टी भोजपुरका इन्चार्ज निरकुमारलाई पनि गोली लागेको थियो।
भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव र विप्लब कार्यकर्ता निरकुमारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् । यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



लाेकपाटी न्यूज

