स्मार्टफोनको ब्याट्री टिक्दैन ? ब्याट्री टिकाउने ८ सुत्र

Battrey charge
लाेकपाटी न्यूज

काठमाडौं। तपाईको मोबाइलको ब्याट्री छिटो सकिन्छ ? चिन्ता नगर्नुस्, यी ७ टिप्स अपनाउनुस्, घण्टौंसम्म मोबाइल चलाउन सकिन्छ। हाम्रो सामान्य सावधानीले ब्याट्री टिकाउने मात्र होइन, ब्याट्रीको आयु पनि लम्बाउन सकिन्छ।

स्मार्टफोन निर्माता कम्पनीले धेरै क्षमताको ब्याट्री सार्वजनिक गरिरहेका छन्। तर, पनि मोबाइलले धेरै लामो समय ब्याट्री टिकाउँदैन। मोबाइल प्रयोगकर्ताका लागि भने ब्याट्री सकिने चिन्ता भइरहन्छ। मोबाइलको ब्याट्री बढाउन यस्ता खालका उपाय अपनाउन सकिन्छ।

१. यदि तपाई गाडी चलाउँदै हुनुहुन्छ भने कारको ड्यासबोर्डमा नराख्नुस्। साथै फोनलाई पनि सनलाइट पनि कम गरिराख्नुस्। किनकि गर्मीले पनि ब्याट्रीको आयुलाई कम गर्ने गर्छ।

२. फोन प्रयोग गरिरहेको समयमा यो ध्यान राख्न जरुरी छ कि, फोनको ब्याट्री कहिल्यै पनि पूरै नसकियोस्। जब ब्याट्री दश प्रतिशतभन्दा तल जान्छ, मोबाइल चार्ज गर्नुस्।

३. केही मोबाइल प्रयोगकर्तालाई यो भ्रम हुन्छ कि, फोनलाई सय प्रतिशत नै चार्ज गर्नुपर्छ। तर, त्यस्तो होइन। फोनलाई फुल चार्ज गर्नु आवश्यक हुँदैन।

४. केही प्रयोगकर्ता फोन चार्ज भइसकेपछि पनि मोबाइलको चार्जर जोडिरहेका हुन्छन्। यसो गर्दा फोनको ब्याट्रीमा असर पर्ने गर्छ। त्यसैले पनि फोनलाई रातभरि चार्जमा राख्नु उपयुक्त हुँदैन।

५. भाइब्रेसन र उच्च भोल्युमको रिंगटोनले ब्याट्रीलाई बढी छिटो सक्छन्। त्यसैले ब्याट्री अफ गर्न भाइब्रेसन पनि अफ गर्नस् र रिंगटोनको भोल्युम पनि सानो राख्ने गर्नुस्।

६. तपाईलाई लाग्न सक्छ, ब्याट्री सेभर एपहरु सबै ठीक हुन सक्छन्। तर, त्यो गलत हो। सबै ब्याट्री सेभर एप ब्याट्री बचाउनका लागि उपयोगी हुँदैनन्। यस्ता एपले उल्टो ब्याट्री घटाउने हुनाले सही एप छुट्याएर मात्र प्रयोग गर्ने गर्नुस्।

७. यदि फोनमा कम ब्याट्री छ भने फोनको ब्याकग्राउन्ड एप्स र वाइफाइ पनि बन्द गर्नुस्। यसो गर्दा तपाईको ब्याट्री अझ बढी समयसम्म टिक्छ।

८. लगातार लामो समयसम्म फोन नचलाउनुस्। बीच बीचमा फोनलाई ब्रेक दिनुस्। यसले फोन तात्नबाट रोक्दछ, साथै ब्याट्री टिकाउन र फोनको आयु लम्बाउन पनि मद्दत मिल्छ।