देशभर मनसुन सक्रिय, यस्तो छ आजको मौसम पूर्वानुमान

mausam-1
लाेकपाटी न्यूज

काठमाण्डौं, २३ असार । देशभर मनसुन सक्रिय हुँदा सोमबार देशका धेरैजसो ठाउँको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभरी नै मनसुनी बादल देखिएकाले पानी पर्ने सम्भावना भएको मौसमविद् सुवास रिमालले जानकारी दिए।रिमालका अनुसार सोमबार देशको केही ठाउँमा ठूलो र धेरै ठाउँमा मध्यमखालको पानी पर्ने सम्भावना छ।

भारतमा बनेको न्यूनचापीय रेखा उत्तरतर्फ सरेकाले अबको केही दिन देशभरको मौसम बदली भएर पानी पर्ने उनले बताए। देशभर मनसुन सक्रिय भएको छ। मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरिरहेकाले मनसुन सक्रिय भएको हो।
मनसुनको समयमा ठाउँ–ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायुमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्