मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्य सफल रहनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बौद्धिक काममा सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो होला। अधुरो काम पूरा हनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आतिथ्यपूर्ण सम्मान पाइएला। नयाँ कमको थालनी हुनेछ। धार्मिक यात्राको योगछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनैतिक कार्यमा बाधा आउनेछ। नाक तथा घाँटीमा समस्या आउला। सामान हराउने योग छ। अभिभावकको आशीर्वादले काम गर्नसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ सवारी साधन प्राप्तिको योग छ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ। आँटेको र ताकेको कार्य पुरा होला। बोलीको प्रभाव पनि बढ्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ कार्यको योजना बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। घर परिवारमा झै–झमेलाको अवस्था आउला। फलदायी यात्रा नहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) व्यवसायका लागि यात्राको सम्भावना पनि छ। आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ ।



लाेकपाटी न्यूज
