भारतको यस्तो हेपाहा प्रवृती कहिले सम्म ?, भान्सामा सोझै भित्रिँदै विषादी

tarkari
लाेकपाटी न्यूज

काठमाडौं, २१ असार । भारतको दबाबका साथै पर्याप्त प्रयोगशाला नभएका कारण सरकारले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगन गरेको छ।

यसले गर्दा आयातित तरकारी र फलफूल अब विषादी परीक्षणबिनै उपभोक्ताको भान्सामा पुग्ने भएको छ।मन्त्रिपरिषद् बैठकले बिहीबार फलफूल तथा तरकारीमा विषादी परीक्षण नगरीक नै आयात गर्न पाउने निर्णय लिएपछि बिषादी परीक्षण रोकिएको हो।

मुलुकभित्रै मागअनुसार उत्पादन नहुँदा तरकारीको ठूलो हिस्सा भारतबाटै आयात हुने गरेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार कालीमाटी बजारमा दैनिक करिब ८ सय टन तरकारी भित्रिन्छ।
त्यसमध्ये करिब ४४ प्रतिशत भारतको हो ।

गत आर्थिक वर्षमा भारतबाट ४४.०८ र चीनबाट ०.४३ प्रतिशत तरकारी भित्रिएको थियो। समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार भारतबाट सिजनल तरकारी आयात हुन्छ। कालीमाटी तरकारी बजारले उपत्यकाको मागको करिब ७५ प्रतिशत पूर्ति गर्छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिना १२ अर्ब ५७ करोड रुपैयाँको ताजा तरकारी आयात भएको छ । कान्तिपुर दैनिकमा राजु चौधरीले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्