काठमाडौं, २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन्।
समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले यो प्रयास घातक भएको बताए। शान्ति प्रक्रिया भाँड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै उनले असन्तुष्टि जनाए।
कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरे। उनले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी (बौद्धिकता) ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने दाबी गरे।
उनले मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन्।
नेताहरुलाई सम्मान दिन तयार रहेको भन्दै उनले भने, ‘कसरी सम्झाउने होला भनेर चिन्ता लागेको छ । उहाँहरुले पनि भनिदिनुर्पयो, के सम्मान र्गयो भने आउनुहुन्छ ।’



लाेकपाटी न्यूज

