धादिङमा वडा सदस्यमाथि गोली प्रहार

Goli
लाेकपाटी न्यूज

धादिङ, १९ असार । धाडिङ बेनिघाट रोराङ गाउँपालिका वडा ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ ।

उनलाई बुधबार बेलुकी ८ बजे खाना खाँदै गरेको बेला इन्द्र बहादुर चेपाङले गोली हानी भागेको रोराङ वडा नम्वर ७ का अध्यक्ष हिरालाल थपलियाले जानकारी दिए। गोलीले टाउकोमा लागेका उनकाे चिन्ताजनक अवस्थामा काठमाडौँ मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

गोली हान्ने इन्द्रलाई पहिल्यैदेखि बलत्कार तथा अन्य अभद्र कार्यहरुको अभियोगमा खोजी गरिएको थियो। आफ्नो घर छोडेर जंगलमा बस्दै आएका इन्द्रले चौपायाको हत्या गर्नेदेखि महिलाहरुमाथि दुव्र्यवहार समेत गर्ने गरेको आरोप लागेको छ।

‘इन्द्रले वडा ८ का सदस्य रामजीलाई पहिल्यै देखि रिस गर्थे’ वडा नम्वर ५ का अध्यक्ष रोशन कुमार सिलवालले भने। उनको खोजी कार्य तिव्र रुपमा भइरहेको थपलियाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्