दीपक मनाङे नेकपा प्रवेश गर्दै

Dipak Manange
लाेकपाटी न्यूज

काठमाडौं, १८ असार । गण्डकी प्रदेश सांसद दीपक मनाङे नेकपामा प्रवेश गर्ने भएका छन्। बिहीबार दीपक मनाङे नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका हुन्।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने तय भएको छ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए।

तर, फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन भने पाएका थिएनन्। उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलि दिएको थियो। त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।