काठमाडौं, १६ असार । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले थप २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरेको छ । यी बसहरु विभिन्न रुटहरुमा थपिएका छन् ।
साझाले बुंगमति, थानकोट, दक्षिणकाली र कमलविनायकसम्म सेवा विस्तार गर्ने भएको छ । यसअघिका रुटहरुलाई विस्तार गरेर साझाका ७१ वटा बसले अब काठमाडौंमा मुख्य रुटहरुमा बस सञ्चालन गर्ने बताइएकाे छ ।
साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा २० बस ल्याइएका हुन् । यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।
काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको साझाले जनाएकाे छ ।
अन्तर्राष्ट्रट्रय युरो–४ मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री भएको साझाले जनाएको छ । जम्मा ४० सिट क्षमता रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा भारतीय कम्पनी अशोक लेल्यान्डले पाएको थियो ।
साझाको विस्तारित रूट:




लाेकपाटी न्यूज

