काठमाडौं, १६ असार । एउटा सानो विमान आइतबार बिहान दुर्घटनाग्रस्त भएको छ। अमेरिकाको टेक्सासमा एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको छ।
विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरिरहेको थियो तर अनियन्त्रित भएर ह्यांगरमा प्रवेश गर्यो। त्यसपछि विमानमा आगो लाग्यो। एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार यो दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान थियो जुन डलासबाट ३२ किलोमिटर टाढा एडिसन एयरपोर्टमा विमान ९ बजे दुर्घटनाको शिकार भयो।
फेडेरल एभियशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो। त्यसलगत्तै विमानमा आगो लाग्यो। स्थितीलाई नियन्त्रणमा ल्याउन धेरै समय लाग्यो जसमा विमान भित्रका सबै १० जनाको ज्यान गएको हो।(एजेन्सी)



लाेकपाटी न्यूज

