विद्यार्थीले गरे काठमाडौंका मेयरविरुद्ध नाराबाजी

ktm pic
लाेकपाटी न्यूज

काठमाडौं, १५ असार । बाल्मिकी क्याम्पसका विद्यार्थीहरुले काठमाडौं महानगरपालिकाका मेयरविरुद्ध प्रर्दशन गरेका छन्।

क्याम्पस अगाडिको फोहोर नउठाएकोभन्दै काठमाडौं प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।क्याम्पस अगाडि सडकमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिँदा पनि काठमाडौं महानगरपालिकाले फोहोर नउठाएको भन्दै उनीहरुले सडक अवरुद्धसमेत गरेका थिए।

विद्यार्थीहरुले फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध पनि नाराबाजी गरे। विद्यार्थीहरुले सडकमा थुप्रिएको फोहोर बालेर केहीबेर सडक अवरुद्ध पारेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सडक खुलाएको हो। फोहोर फाल्ने क्षेत्र सिसडोलका स्थानीय वासिन्दाको अवरोधका कारण केही दिनदेखि महानगरपालिकाले फोहोर उठाउन सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्