काठमाडौं, १५ असार । काठमाण्डौं विश्वविद्यालयको बर्खे सभा प्रधानमन्त्री निवास बालुवाटारमा भोली सोमबार हुने भएको छ।
काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित सो विश्वविद्यालयको बर्खे सभा विश्वविद्यालयमा आन्दोलन चलेका कारण प्रधानमन्त्री निवास बालुवाटारमा सभा गर्न लागिएको हो। बिगत एक महिनादेखि प्रध्यापक, कर्मचारी र विद्याथीको आन्दोलनका कारण नियमति पढाइ हुननसकेको सो विश्वविद्यालयमा तीनदीनदेखि सत्तारुढ नेकपा निकट अनेरास्ववियूले ताला लगाएको छ।
विश्व विद्यालयमा रिसर्च ल्याब राम्रो नभएको,पठनपाठन स्तरीय नभएको,आइटीको व्यवस्था राम्रो नभएको जस्ता मागहरु राखेर विद्यार्थी आन्दोलित भएका हुन् । लामो समयदेखि करारमा रहेकालाई स्थायी नगरेको,बाहीरबाट आएकालाई सीधैँ नियुक्ती दिएको,केही समयदेखि कर्मचारी भर्ना नियमसंगत नभएको,उपकुलपतिले कर्मचारी नियुक्तीमा मनपरी गरेकोभन्दै कर्मचारीहरु पनि आन्दोलित भएका छन्।
यस्तैगरी, विश्वविद्यालयमा भएका दुई वटा कार्यकारी परिषद् हटाएर एउटै हुनु पर्ने,काठमाडौं विश्वविद्यालय संरक्षण समिति ऐनविरुद्ध गठन भएको, संरक्षणको अध्यक्ष नै राजनीतिक व्यक्ति भएको भन्दै हटाउन माग राख्दै आन्देलित भएका हुन्। यस्ता सभालाई विश्वविद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा अन्य नीतिगत सुधारका लागि छलफल गरेर आवश्यक निर्णय गर्ने अवसर मानिन्छ।



लाेकपाटी न्यूज

