सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढ्यो : सभापति देउवा

Sherbahadur-Deuwa
लाेकपाटी न्यूज

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाएका छन्।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिबार काठमाडौंमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुका साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताए।

देउवाले जुनसुकै क्षेत्रमा अत्यधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको टिप्पणी गरे। उनले राष्ट्र र प्रजातन्त्रका लागि सबैभन्दा ठूलो अभिव्यक्ति स्वतन्त्रतानै नियन्त्रण गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लगाएका छन्। सभापति देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोशी गाउँपालिकाको निर्णयको स्वागत गरे।