तनहुँ, १३ असार । ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं. ३ सुर्यचोक बस्ने ३२ वर्षका सहचालक गोपाल भण्डारी र मोरङ उर्लाबारीकै ३१ वर्षका चालक विमल ढकाल रहेका छन्।
उनीहरुले असार ११ नवलपरासीबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नं. को ट्रकमा एक महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिएका थिए।ट्रकमा लिफ्ट दिएकी महिलालाई दुवैले तनहुँ व्यास नगरपालिका वडा नं. १२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारामा लगेर जबरजस्ती करणी गरेका थिए।
घटनाबारे गण्डकी प्रदेश प्रहरी कार्यालयबाट सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोली ट्रक र संलग्न व्यक्तिहरुको खोजीमा जुटेपछि उनीहरु पक्राउ परेका हुन्।तनहुँ ब्यास नगरपालिका वडा नं. ३ बनबाटिका चौर नजिकैबाट दुवैलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो। पक्राउ पछि तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

