गोरखा, १३ असार । सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा गोरखाका जिल्ला सदस्य तथा किसान संगठनको जिल्ला संयोजक रोहितप्रसाद पन्त पक्राउ परेका छन्।
उनलाई प्रहरीले शहीद लखन गाउँपालिका ४ को राइनासबाट बुधबार राति ११ बजेतिर पक्राउ गरिएको हो। सोही ठाँउका स्थानीयसमेत रहेका पन्तलाई राजद्रोहको कसुरमा जिल्ला अदालत गोरखाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ।
सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेता तथा कार्यकर्ता पक्राउ गर्ने क्रम जारी छ।



लाेकपाटी न्यूज

