अध्यक्षद्वयबीच भेटवार्ता : नयाँ सझदारीका साथ अगाडि बढ्ने

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढेको भनिएको दुरी बुधबारको भेटवार्तापछि भने घटेको छ।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार बाहिर मिडियामा आए जस्तो विवाद अध्यक्षद्वयबीचमा नभएको बताए। बाहिर मिडियाले विवाद भए जसरी प्रचार गरेको भन्दै उनले भने, ‘अवस्था त्यस्तो थिएन। उहाँहरुकाबीच बालुवाटारमा घण्टौँ सम्म वार्ता चलिरहन्छ। बुधबारको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने बारेमा छलफल भयो। र नयाँ सझदारीका साथ अगाडि बढ्ने र पार्टी एकताका बाँकी काम टुंगाउने ।

’ पूर्व एमाले निकट नेकपा स्थायी कमिटीका एक नेताका भन्छन्, ‘बाहिर मिडियामा आए जस्तो दुई अध्यक्षको सम्बन्ध बिग्रेको भन्ने होईन। केही अविश्वास बढेको होला तर अस्ती (बुधबारको) को भेटमा दुई अध्यक्ष मिलेर जाने र पूर्व सहमतिका आधारमा अगाडि बढ्ने समझदारी भएको छ।’ पूर्व माओवादी निकट एक नेता भन्छन्, ‘तत्कालको लागि वैचारिक बहस थाती राखेर पार्टी एकतालाई टुंगाउने समझदारी भएको छ ।’

तर, मन्त्री हेरफेरको प्रशंगमा यी नेताका अनुसार तत्काल त्यस्तो संभावना नरहेको र बजेटपछि आवश्यक परेको खण्डमा मात्रै मन्त्रीहेरफेर गर्ने अध्यक्षद्वयकोबीचमा आन्तरिक सहमति भएको बताए। दुई अध्यक्षको सहमति अनुसार नेकपामा पछिल्लो समय देखिएको वैचारिक बहसको विवाद तत्काललाई थाँती राखिएको छ।

पूर्व सहमति अनुसार कतिपय राजनीतिक विचार र मान्यतालाई छलफलमा लग्नेगरी तत्कालका निम्ति ‘जनताको जनवाद’ राख्ने सहमति भएको थियो। ति नेताका अनुसार प्रधानमन्त्री ओली प्रतिवेदनमा ‘जनताको जनवाद’ लेख्न सहमत भएका छन्। अध्यक्षद्वयको समझदारी अनुसार अब राजनीतिक प्रतिवेदनमा केही दिनमा प्रकाशित हुने भएको छ।