सरकारद्वारा पाँच भारतीयको नेपाली नागरिकता रद्द

Nagarikta_CitizenshipCard pic
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । सरकारले पाँच जना भारतीयको नेपाली नागरिकता रद्द गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने ५ जना भारतीयको नागरिक रद्द गर्दै कानून बमोजिम कारवाही गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर तथा रौतहट जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनि चिनिने कृपाली सिंहको नागरिकता रद्द गरिएको हो।

मन्त्रिपरिषद बैठकले पाँच जना प्रमूख सेनानीलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णसमेत गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्