काठमाडौं, १२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण भएकी छिन्।
चौधरी २.६५ जीपीए ल्याउदै ‘बी’ ग्रेडमा उत्तीर्ण भएकी हुन्। उनले दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मावि सेन्टर तुलसीपुरबाट परिक्षा दिएकी थिईन्।
नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययन गरेकी चौधरीको ९सिम्बोल नम्बर ०५८८४५३ भी हो। उनले सेण्टर मावि तुलसीपुर केन्द्रबाट परीक्षा दिएकी हुन्।
२०७३ सालमा मावि डाँडागाउँमा कक्षा आठमा भर्ना भएपछि शान्ताको औपचारिक पढाइ सुरु भएको हो।२०६४ सालमा पहिलो संविधानसभामा उनी समानुपातिक सभाषद बनेकी थिईन्।



लाेकपाटी न्यूज

