कञ्चनपुर, १२ असार । कञ्चनपुर सिँचाइ विकास डिभिजन कार्यालय प्रमूख घूस रकमसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रमूख अजित कुमार श्रीवास्तव रहेका छन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले २ लाख घूससहित प्रक्राउ गरेको हो।श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए।
उनले कमिसनबापत लिएको दुई लाख घूस रकम भान्सामा रहेको चामलको बोरामा लुकाएर राखेको अवस्थामा श्रीवास्तवलाई पक्राउ गरिएको अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।



लाेकपाटी न्यूज

