धादिङ, १२ असार । धादिङमा लेदोसहितको पहिरो जाँदा अबरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
बिहीबार बिहान करिव ५ बजेको समयमा धादिङको गल्छी गाउँपालिका ६ स्थित बैरेनी र गजुरी नजिकै वर्षाका कारण लेदो खस्दा मलेखु धादिङको पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो।
ट्राफिक प्रहरीले सडक २ तर्फी खुलाउन अझै करिव २ घण्टा लाग्ने जनाएको छ।



लाेकपाटी न्यूज
