अछाम, ११ असार। अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका ३ शोकट मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको हो।
से १ त ७८३९ नम्बरको ट्रयाक्टर बुधबार बिहानै दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको हो। दुर्घटनामा परि चार जना विद्यार्थी घाइते भएका छन्।
ज्यान गुमाउनेमा चौरपाटी गाउँपालिका २ मा रहेको दशपल्ले माविवाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्। अन्य ४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।



लाेकपाटी न्यूज
