नासाका प्रमूख लाइटफुट भन्छन्, ‘म पनि संस्कृत भाषा सिक्दैछु’

Nasachief_Sanskrit01
लाेकपाटी न्यूज

काठमाडौं, १० असार । नासाका प्रमूख रोबर्ट लाइटफुट जुनियरले आफू संस्कृत बोल्ने अभ्यास गरिरहेको बताएका छन् । संस्कृत संसारकै सबैभन्दा स्पष्ट भाषा भएको उनले आफूले पनि यो भाषा बोल्ने अभ्यास गरिरहेको बताएका हुन् ।

भारतीय सञ्चार संस्था नवभारत टाइम्सको एक रिपोर्ट अनुसार लाइटफुटले आफैं पनि संस्कृत सिकिरहेको बताउँदै भारत वर्षीयहरुले यसको महत्व नबुझेकोमा आफू आश्चर्यमा परेको समेत बताएका छन् । उनी जनवरी २०, २०१७ देखि अप्रिल २३, २०१८ सम्म नासाको कार्यकारी प्रशासकको काम गरिसकेका वैज्ञानिक हुन् ।

पहिले भारत वर्षीयहरु संस्कृत भाषामा नै बोलिचाली गर्ने गरेको बताउँदै उनले अहिलेका भारत वर्षीय देशका नागरिकहरुले किन संस्कृतलाई उपेक्षा गरेका हुन् भन्नेबारे आफू अचम्ममा परेको बताए ।

यस अघिपनि राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) मा संस्कृत सिक्ने काम भइरहेको समाचार आइसकेको थियो । नासामा रहेको एक अध्ययन समूहले संस्कृतको सागरबाट नयाँ खोजको सुरुवात गर्न गइरहेका छन् । उनीहरुले संस्कृतबाट अरु केही विकास गर्न सकिन्छ कि भन्नेमा थप अध्ययन गरिरहेका हुन्।

विश्व भाषाको इथियोलोगु सूचीका अनुसार विश्वमा करिब ६ हजार ९ सय भाषा रहेका छन् । जसमध्ये चिनियाँ भाषा सबैभन्दा धेरैले बोल्छन् । चीनमा रहेको ठूलो जनसंख्याका कारण पनि यसको संख्या थपिएको हो । त्यस्तै फ्रेन्च र इटालियन भाषा सबैभन्दा सरल रहेको बताइन्छ ।

संस्कृत आफैँमा विशाल र विकराल भाषा हो । संसारका कुनै पनि भाषामा यति धेरै शब्द छैन जुन संस्कृतमा रहेको छ । अहिलेसम्म संस्कृतमा १०२ अर्ब ७८ करोड ५० लाख शब्दको प्रयोग भएको छ । जानकारहरुका अनुसार यदि कम्प्यूटरमा यस भाषाको प्रयोग भए भाषाको दायरा अझै बढाउन सकिनेछ । संस्कृतमा अन्य भाषाको तुलनामा कम शब्द मै कुरा गर्न सकिन्छ ।

यूनिभर्सिटि अफ शिकागो ओक एमआईटी जस्ता संस्थानले अहिले संस्कृत सिकाइरहेका छन् । यस बाहेक नासामा पनि एक विभाग छ जुन प्राचीन संस्कृतमा लेखिएको हस्तलिपी माथि रिसर्च गरिरहेको छ ।

संस्कृत संसारमा बोलिने सबै भाषामा सबैभन्दा स्पष्ट बोलिने ल्याङवेज रहेको नासाको बुझाइ रहेको छ । नासा छैठौं र ७औँ जनरेशनमाथि काम गरिरहेको छ जुन संस्कृतममा आधारित हुनेछ । यसैकारण संस्कृत र गहराईमा बुझ्न नासा संस्कृतमा लेखिएको ६० हजार पाडुलिपिहरु माथि पनि रिसर्च गरिरहेको छ ।

संस्कृतले मेमरी पावर बढाउँछ । जुन विद्यार्थी संस्कृत पढ्छ उ अर्को विद्यार्थीको तुलनामा छिटो गणित र विज्ञान जस्ता बिषय बुझ्न सक्छ । त्यसैले विश्वका कयौ इन्टरनेशनल स्कूलले संस्कृत भाषालाई अनिवार्य बनाएका छन् । केही रिसर्चमा पनि संस्कृत बोल्ने वा पढ्नाले हाम्रो शरीर भित्र एनर्जी प्वाइंट जाग्ने देखाएको छ ।