नुवाकोट, १० असार । नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ। सोमबार राति मेयर सञ्जु पण्डितको विदुर ९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो।
नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा समूहका कार्यकर्ताले घरमा प्रेसर कुकर बम राखेको अुनमान गरिएको छ। बमका कारण मेयरको घर आसपासका समूदाय रातभर आतंकित भएका थिए।
मंगलबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए। मंगलबारको बन्द सफल पार्न विप्लवका कार्यकर्ताले बम राखिएको बुझिएको छ।



लाेकपाटी न्यूज

