एजेन्सी । आइतबार अमेरिकाले इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु गरेको छ। पछिल्लो समय अमेरिका र इरानबीच विवाद बढ्दै गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन्। सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई इरानको परमाणु सम्झौताबाट हटाउँदै तेहरानमाथि प्रतिबन्ध लगाएका थिए।
ट्रम्प भारतजस्ता देशलाई इरानबाट तेल खरिद गर्न रोक्न चाहन्थे। पत्रकार सम्मेलनमा पत्रकारहरुले राष्ट्रपति ट्रम्पलाई सोधेका थिए, ‘इरानसँग वार्ता गर्नको लागि कुनै पूर्व शर्त छ ?’ जवाफमा ट्रम्पले भने, ‘जहाँसम्म मलाई लाग्छ, कुनै पूर्व शर्त छैन।’
‘इरानले परमाणु हतियार राख्न पाउँदैन। इरान यो मुद्दामा वार्ता गर्न चाहन्छ भने ठिक छ नत्र आगामी दिनमा इरानले बिग्रँदो अर्थव्यवस्थाको सामना गर्नुपर्दछ,’ ट्रम्पले भने।



लाेकपाटी न्यूज

