प्रज्ञा प्रतिष्ठानकाे ६२ औं वार्षिकोत्सव सम्पन्न

Pragya
लाेकपाटी न्यूज

काठमाडौं, ९ असार । नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६२औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएकाे छा।  सात दिनसम्म विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव समेत आयोजना गरेको छ ।

कविता महोत्सव उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रज्ञा प्रतिष्ठानले अझै गतिशील हुनुपर्ने बेला भएकाे बताए । साे अवसरमा पोखरेलले जीवन र मृत्यु शीर्षकका दुई कविता वाचन पनि गरे ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, कवि बैरागी काइँला, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, काव्य विभागका प्रमूख डा. हेमनाथ पौडेललगायतले मन्तव्य राखेका छन्।

यसपटक कविता महोत्सवका लागि तीन सयभन्दा बढी कविता प्राप्त भएकोमा ३१ वटा कविता प्रतियोगिताका लागि छनौट भएका छन् । प्रज्ञा प्रतिष्ठानले २०२२ सालदेखि प्रतिष्ठानको स्थापना भएको दिन असार ९ गते हरेक वर्ष राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्