काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
उनले समग्र सरकारमाथि प्रश्न गर्नुपर्ने अवस्थामा केही मन्त्रीलाई प्रश्न गर्नुको औचित्य नभएको बताए । उनले भने, ‘केपी कमरेडले एकल तरिकाले सरकार चलाउँदा समस्या देखिएको छ, समस्या केपी कमरेडमा छ, पार्टीले संस्थागत निर्णय गर्ने हो ।’
व्यक्तिले सरकार चलाउने र सरकारले पार्टी चलाउने कार्य गलत भएको उनको तर्क छ । ‘कमरेड केपी सरकारले पार्टी चलाउने भन्नुहुन्छ, यो गलत हो, यसरी पार्टी चल्दैन’, भुसालले भने । दुई अध्यक्षबीच आलोपालो सरकार सञ्चालन गर्ने निर्णय सार्वजनिक भएपछि यसको विषयमा अबको पार्टी बैठकमा कुरा उठ्ने उनले बताए ।



लाेकपाटी न्यूज

