धनगढी, ७ असार । लागूऔषधसहित पक्राउ परेका युवकको उपचारको क्रममा मृत्यु भएको छ। नौ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका धनगढीका एक युवकको शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको हो।
भारतबाट लागूऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका २ का ३७ वर्षीय सन्जय न्यौपानेको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
न्यौपानेले ब्राउन सुगर मलद्वारभित्र प्लाष्टिकमा लुकाएर राखेको पाईएपछि उनलाई अस्पतालमा चिकित्सकको सहयोगमा त्यसलाई निकालिएको थियो। पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका न्यौपाने लागूऔषध सेवनकर्तासमेत रहेको प्रहरीको भनाई छ।



लाेकपाटी न्यूज

