आफ्नै छोराले आमाको घर जलाइदिएपछि…

aago pic
लाेकपाटी न्यूज

बुटवल, ५ असार । बिहिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकामा आफ्नै छोराले आमा बस्ने घर जलाइदिएका छन्।

सो नगरपालिका १ की कुन्तादेवी घिमिरेको घर उनकै माईला छोरा माधव घिमिरेले जलाएर नष्ट पारिदिएका हुन्। घिमिरेको घर जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको सैनामैना प्रहरी चौकी प्रमूख प्रहरी नावय निरीक्षक बाबुराम घिमिरेले बताए।

माईला छोरा माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तले घर घरयासी रिसइबीका कारण जलाइएको सई घिमिरेको भनाई छ। कुनै मानवीय र क्षति नभएको घिमिरेले बताए। नगरपालिकाबाट गएको दमकलले अगलागी नियन्त्रणमा लिएको घिमिरेले बताए। आगो नियन्त्रणमा लिइएको सई घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्