नारायणीको पुलबाट हाम फालेर कुमाल बेपत्ता

dubnu
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

चितवन, ५ असार । बिहीबार पनि नारायणी नदीको पुलबाट हाम फालेर एक जना महिला बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने ३३ वर्षीया बिमला कुमाल रहेकीछिन्।

उनले बिहीबार बिहान साढे १० बजे नारायणी नदीको पुलबाट हाम फालेकी हुन्। हाम फाल्नु भन्दा अघि उनले पुलमा छाडेको झोला र त्यसमा रहेका कागजपत्रका आधारमा महिलाको पहिचान खुलेको हो। बेपत्ता महिलाको यतिबेला खोजी कार्य भईरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।

यसअघि असार १ गतेमात्र राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा सवारी चाप भएको बेला स्कटुरबाट झेरर पुलबाट नदीमा हाम फालेकी थिईन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्