काठमाडौं, १९ असोज । कर्णाली प्रदेशको दैलेखमा आज मध्यान्ह भूकम्प गएको छ । आज १२ बजेर ५३ मिनेट जाँदा भवनी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । सो भूकम्प ४ रेक्टर स्केल मापन गरिएको छ ।
भूकम्पको धक्का कर्णाली प्रदेश सदरमुकाम सुर्खेतलगायत आसपासका जिल्लामा महसुस गरिएको थियो । यसअघि ३ असोजमा पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।



लाेकपाटी न्यूज

