काठमाडौं, ४ असार । काठमाडौंको कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही व्यक्तिहरुले कालो झण्डा देखाएका छन्।
कालो झण्डा देखाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन। कालिमाटी प्रहरी प्रमूख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ। ‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान त्यहाँ पुगेका थिए।
प्रधानमन्त्री ओलीलाई मालपोत कार्यालय परिसरमै केही व्यक्तिहरुले कालो झण्डा देखाएका थिए। उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएका थिए। पक्राउ परेकाहरुको परिचय खुलेको छैन।
मालपोत कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य सरकारले लिए पनि नेपालको सम्भावना एक करोड पर्यटक भित्राउने रहेको बताए।त्यसका लागि प्रविधिको सहारा लिँदै अझै धेरै काम गर्न आवश्यक रहेको उनले बताए।



लाेकपाटी न्यूज
