पौडी खेल्दा ३ युवाको डुबेर मृत्यु

dubnu
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

बुटवल, ३ असार । कपिलवस्तुको शिवनगरमा रहेको सुरई खोलामा पौडी खेल्नेक्रममा डुबेर ३ युवाको मृत्यु भएको छ।

जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिकाको सुरई खोलामा पौडी खेल्न गएका छिमेकी बिजयनगर गाउँपालिका वडा नम्वर ६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए।

मृत्यु हुनेमा कपिलबस्तुको विजयनगर गाउँपालिका वडा ६ का १८ वर्षका आंशिक भट्टराई, सोही स्थानका १७ वर्षीय निरन्जन भुषाल र १७ वर्षीय सुमित सुनार रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्