इजिण्ट, ३ असार । इजिण्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीको निधन भएको छ। कायरोको एक अदालतमा बेहोस भएर लडेका ६७ वर्षिय मुर्सीको हृदयाघातका कारण मृत्यु भएको बताइएपनि स्पष्ट कारणबारे केही खुलाइएको छैन।
स्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोग सम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित भएका थिए। जासुसी सम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए।
बाहिरको आवाज सुन्न नसकिने साउन्ड प्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएको बीबीसीले उल्लेख गरेको छ। मुर्सी सन् २०१२ मा निर्वा्चित भएपनि त्यसको एक वर्षपछि सेनाले उनलाई अपदस्थ गरेको थियो। त्यसयता उनी जेलमा थिए।
अरब जगतमा भएको जनप्रदर्शनपछि सन् २०१२ मा मोर्सीको उदय भएको थियो। मुस्लिम ब्रदरहुडका प्रवक्ताले भने मुर्सीलाई उपचार सेवा उपलब्ध नगराइएको दाबी गरेका छन्।



लाेकपाटी न्यूज

